साहित्य सन्ध्याको मिति २०७८ साउन ९ गते शनिबार बसेको कार्यसमितिको बैठकले २०७७ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ देहायबमोमिका स्रष्टा एवम् व्यक्तित्वलाई प्रदान गर्ने निर्णय गरेको छ । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा श्री विधान आचार्य र श्री यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा सम्मानित गर्ने निर्णय गरिएको हो । यी सबै पुरस्कार तथा सम्मान यही २०७८ भदौ १२ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपतिज्यूको प्र्रमुख आतिथ्यमा जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने छ ।
१. वि.सं.२०३१ चैत्र ३ गते माता कान्छी लामा र पिता कान्छा लामाकी सुपुत्रीका रूपमा काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं.४ मेच्छेमा जन्मिएकी अनिता लामाले विशेषगरी कविता विधामा समर्पित भएर निरन्तर सिर्जनारत रही तीनओटा कवितासङ्ग्रह नेपाली साहित्यमा भण्डारण गरी नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्नुभएको, नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएको हुँदा २०७७ सालको रु.१५,०००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने ।
२. साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा गोष्ठीमध्ये सबैभन्दा बढी गोष्ठीमा सहभागी स्रष्टाहरूमध्येबाट एकजनालाई पुरस्कृत गर्ने व्यवस्थानुसार वि.सं. २०१८ मङ्सिर ८ गते माता कला अधिकारी र पिता केदारप्रसाद अधिकारीका सुपुत्रका रूपमा नुवाकोट जिल्लाको खड्गभञ्ज्याङ गा.वि.स.वडा नं.८ पिपलडाँडामा जन्मिएर प्रगतिवादी साहित्य सिर्जनाका माध्यमबाट नेपाली समाजको सामाजिक रूपान्तरणका पक्षमा विगत साढे तीन दशकदेखि अविच्छिन्न साधनारत रहनुभएका डा.राजेन्द्रप्रसाद अधिकारीले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका एघारओटा प्रविधिमैत्री गोष्ठीमध्ये छओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा उहाँलाई २०७७ सालको रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।
३. वि.सं. २००२ चैत्र २५ गते तनहुँको चुँँदीरम्घा, तेर्सेपानीमा माता विष्णुमाया देवी र पिता पण्डित कविराज तीर्थराज आचार्यका सुपुत्रका रूपमा जन्मिएका डा. शेषराज आचार्य (दीक्षित)ले सरकारी छात्रवृत्तिमा पढेर २०२२ सालमा प्रथम श्रेणीमा आयुर्वेदाचार्य उत्तीर्ण गरी आफ्ना जीवनका एकचालिस वर्ष सरकारी सेवामा रहँदा चौध वर्षसम्म स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभाग, नरदेवी आयुर्वेद चिकित्सालयको प्रमुखका रूपमा सेवा गरी २०६४ सालमा अवकाश प्राप्त भएपछि पनि ओजस आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टरको संस्थापक अध्यक्षका रूपमा भूमिका निर्वाह गरिरहनु भएका, नेपाली जनताका सेवामा अविच्छिन्न समर्पित भइरहनु भएका आचार्यले ‘हिम–हिमा बिहा’ खण्डकाव्य, ‘शब्द तरङ्गिणी’, ‘अतीतका स्मृतिहरू’ र ‘सचित्र जडीबुटीसङ्ग्रह’ जस्ता कृतिहरूसमेत प्रकाशित गरी आयुर्वेद चिकित्सा र नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान गर्नुभएकाले २०७७ सालको रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने । ।
४. वि.सं.२०२९ असार १० मा पाँचथर जिल्लाको सराङडाँडामा माता हर्कमाया र पिता खगेन्द्रबहादुर कार्कीका सुपुत्रका रूपमा अपाङ्गता भएका व्यक्तिका रूपमा जन्मिनुभएका दिलबहादुर कार्कीले २०६४ सालमा काठमाडौँको गोकर्णमा संयुक्त अपाङ्ग एकता आबाज केन्द्रको स्थापना गरी अपाङ्गता भएका, अनाथ बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य र लालनपालनमा आपूmलाई समर्पित गरी हाल ४८ जना बालबालिकालाई आश्रय दिनुभएको छ । आपूmले भोगेको जीवनबाट पाठ सिकेर त्यही क्षेत्रमा सेवा गर्न आपूmलाई समर्पित गर्नुभएकाले २०७७ सालको रु.१०,०००।–(दश हजार) राशिको ‘साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।
५. वि.सं. २०१६ जेठ १३ माता पवित्रा ढकाल र पिता अनन्तप्रसाद ढकालका सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको याङरूप दोरुम्बामा जन्मिएका प्रतीक ढकालले नेपाली साहित्यका विविध विधामा कलम चलाउनुका साथै नियात्रा विधाका दशओटा कृति नेपाली नियात्रासाहित्यमा भण्डारण गरी साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गर्नुभएकाले २०७७ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।