प्रा.डा.माधवप्रसाद पोखरेललाई रु.पचास हजार राशिको २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण

विगत चवालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खला असोज २४ गते शनिबार अपराह्न ठिक १ बजे नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा आयोजना गरी विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् […]

पुरा पढ्नुहोस्

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले आयोजना गरेको विशेष समारोहमा ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् शुभकामना सम्पन्न

असोज १७ गते शनिबार अपराह्न १.३० बजे पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा युद्धप्रसाद मिश्र प्रतिष्ठानले आयोजना गरेको विशेष समारोहमा अमेरिकामा बसेर नेपाली साहित्यलेखनमा समर्पित रहेकी स्रष्टा नम्रता गुरागाईँको ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रहको लोकार्पण तथा परिचर्चा गरिनुका साथै शुभकानमा आदान–प्रदान गरियो ।प्रतिष्ठानका अध्यक्ष प्रा.डा.लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा नेपालका विख्यात भाषाविद्, सशक्त निबन्धकार एवम् […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४८० औँ नियमित मासिक शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो

२०८३ असोज ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४८० औँ विशेष शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’को परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश […]

पुरा पढ्नुहोस्

२०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गरिने

साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ भदौ १२ गते शुक्रवार साँझ बसेको बैठकले २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गर्ने निर्णय गरियो ः २४ सेप्टेम्बर १९४८ मा सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल […]

पुरा पढ्नुहोस्