राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको व्यवस्थापनमा तुलसीलाल स्मृति प्रतिष्ठानको च्यासल स्थित खुला मैदानमा महासङ्घद्वारा प्रकाशित र आर.सी.न्यौपानेद्वारा सम्पादित ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण तथा सहिद दिवसको उपलक्ष्यमा ‘स्रष्टा आबाज’ विशेष समारोहको आयोजना गरियो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने अमृत खातीले सञ्चालन गर्नुभएको थियो । प्रा.डा.जीवेन्द्रदेव गिरी, लक्ष्मण रायमाझी, राम विनय, डा.विजय सुब्बा, डा.तिलक आचार्य, गोपाल शाक्य, विनोद पाण्डे, प्रेम दङ्गाल, माधव ढुङ्गेललगायत लर्जनौँ व्यक्तित्व अतिथि रहनुभएको उक्त विशेष समारोहमा आकाश थापा तथा साथीहरूले ‘धर्तीलाई माया गर्नेहरू’ बोलको गीतबाट स्वागत गर्नुभएको थियो ।
शोभा थापाले देउडा गीत गाउनुभउको थियो भने जीतेन्द्र चौधरी, सूर्यमणि आचार्य, मनोज धामी, ओम श्रेष्ठ, माधव प्रधानले सहिदको सम्मानमा गीत गाउनुभएको थियो । त्यसैगरी रवीन गुरुङ तथा साथीहरू र नारायण परिश्रमी तथा साथीहरूले पनि सहिदकै सम्मानमा गीत गाउनुभएको थियो । नन्दु उप्रेती र रूपक अलङ्कारले कविता वाचन गर्नुभएको थियो । समारोहमा जे.बी.टुहुरेका कालजयी गीत पनि बजाइएको थियो ।
समारोहका प्रमुख अतिथि ईश्वर पोखरेल, अध्यक्ष प्रेमनाथ अधिकारी, गोपाल शाक्य, प्रधान सम्पादक आर.सी.न्यौपाने, डा.विजय सुब्बा, प्रा.केशव सुवेदी, प्रा.डा.षडानन्द पौड्याल, लक्ष्मण रायमाझी, राम विनय, माधव ढुङ्गेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, रमेश पोखरेल, डा.हरिप्रसाद सिलवाल, यशोदा अधिकारीले संयुक्त रूपमा ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्रधान सम्पादक आर.सी.न्यौपानेले ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको प्रकाशनको उद्देश्य, महासङ्घ तथा विद्वान व्यक्तित्वबाट प्राप्त भएको सहयोगसमेतका बारेमा प्रकाश पार्दै काम गर्दै जाँदा गहन कृति प्रकाशन गर्न सकिएको जानकारी दिनुभएको थियो ।
प्रमुख अतिथि ईश्वर पोखरेलले सहिद दिवसको पावन दिन पारेर सहिदको सम्मान तथा सम्झनामा राष्ट्रिय जनसांस्कृतिक महासङ्घले यति भव्य समारोहको आयोजना गरेको र ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’जस्तो गहन कृतिको प्रकाशन गरी लोकार्पण गर्ने यो विशेष समारोहको आयोजना गरेकोमा अत्यन्त खुसी लागेको छ । यो सत्कर्मका लागि महासङ्घ र कृतिका प्रधान सम्पादक आर.सी.न्यौपानेसमेत यसमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु । जनताको बहुदलीय जनवाद भनेको आफैँमा दर्शन हो, इतिहास हो, मानवजीवन हो र कार्यनीतिक सिद्धान्तसँग गाँसिएको कुरा हो । त्यसैले जबज एमालेको मार्गदर्शक सिद्धान्त हो । नेताको नामसँग गाँसिएको मात्र होइन जबज कम्युनिस्ट आन्दोलनको इतिहासको वस्तुनिष्ठ निष्कर्ष पनि हो, अन्तर्राष्ट्रि कम्युनिस्ट आन्दोलनको पनि निष्कर्ष हो । जबज एमालेको मात्र होइन कि मुलुकको परिवर्तन देख्न चाहने सबै सबैको दर्शन हो । जबजको सही कार्यान्वयनका लागि सबैको सक्रियता आवश्यक हुन्छ । पहलकदमी लिने र प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व लिने व्यवहारिक सिद्धान्त पनि हो जबज । यतिखेर जबजलाई कमजोर पार्ने वा समाप्त पार्ने उद्देश्यमुताविक बदनाम गर्ने प्रयत्न भइरहेको छ । परिवर्तनका जादुगर हौँ भन्नेहरू, जोसँग सङ्गठन, सामथ्र्य, इतिहास अनि भविष्यको ठोस मार्गचित्रसमेत नभए पनि जबजजस्ता सैद्धान्तिक आधार भएका दर्शनमाथि प्रहार गर्ने दुस्साहस गरिरहेका छन् तर एमालेको उद्देश्य भनेकै राष्ट्रियता, विकास र समृद्धि भएकाले कसैको पनि प्रहार सफल हुननसक्ने यथार्थलाई जनतासँम पुर्याउने काम तपाईँ लेखक, कलाकारको भएको हुँदा सशक्त ढङ्गले योगदान गर्न आग्रह पनि गर्दछु भन्नुभयो ।
समारोहका अध्यक्ष प्रेमनाथ अधिकारीले यो विशेष समारोहको आयोजनामा समर्पित हुनुहुने बैकुण्ठ महतलगायत मित्रहरू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, सहभागी सम्पूर्ण आदरणीय व्यक्तित्व सबै सबैमा हार्दिक आभार व्यक्त गर्नुहुँदै समारोहको समापन गर्नुभएको थियो ।

Leave a Reply