विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३१ औँ विशेष शृङ्खला भदौ ४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना गरी विभिन्न छजना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो, विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसाल, विशेष अतिथिमा साहित्यकार एवम् पूर्व मन्त्री शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राज्ञहरू प्रा.डा.हेमनाथ पौडेल, लक्ष्मी माली, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थिति हुनुहुन्थ्यो भने अतिथिहरूमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, नेपाल सरकारका सहसचिव डा.नारायणप्रसाद रेग्मी, प्राज्ञ नमुना शर्मा, प्राज्ञ सुलोचना मानन्धर, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, अर्थविद् डा.रेवतबहादुर कार्की, पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने पोषरमण चापागाईँ, डा.राजेन्द्रप्रसाद अधिकारी, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल, नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा.प्रदीप के.सी, डा.जया सत्याल, वरिष्ठ स्रष्टाहरू कणाद महर्षि, अनिल पौडेल, रामबहादुर पहाडी र बेनीबहादुर थापा, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य यशोदा अधिकारी, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव प्रकाश सिलवाल र कोषाध्यक्ष गायत्री लम्साल, विजया स्मृति सत्याल, डा.नारायण चौलागाईँ, देविका तिमिल्सिना, सम्मानित स्रष्टाहरू रेखा सुवेदी, डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, निशा रोका मगर, नारायणप्रसाद भण्डारी र डा.फणीन्द्रराज निरौला उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो । समारोहमा नर्मदेश्वरी सत्यालद्वारा लिखित निबन्धसङ्ग्रह ‘रमेकै छु म’को प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो र उक्त कृतिमाथि अत्यन्त सङ्क्षिप्तमा रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।
साहित्य सन्ध्याले नेपाली प्रगतिशील साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियान सञ्चालन गरिरहेको र यो अभियानमा जोडिन र हातेमालो गर्न अग्रसर हुनुभएकी नर्मदेश्वरी सत्याल र जीवनसखा डा.मदनप्रसाद सत्यालले आफ्नो जीवनको अवसानपछि गरिने परम्परागत काजक्रियाका लागि खर्च नगरी अहिले नै एकुमष्ट रु.१,५०,०००।– राशि अक्षयकोषमा राखी त्यसबाट आउने ब्याजले नेपाली साहित्यमा, आयुर्वेदका क्षेत्रमा र शिक्षाका क्षेत्रमा योगदान गर्ने एकजना साधकलाई रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान अर्पण गर्ने । त्यसैगरी डा.मदनप्रसाद सत्यालका बुबाआमाको सम्मान तथा सम्झनामा साहित्यका क्षेत्रमा, आयुर्वेदका क्षेत्रमा र समाजसेवाका क्षेत्रमा योगदान गर्ने एकजना विशिष्ट साधकलाई रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ अर्पण गर्नेगरी रु.एक लाख पचास हजार राशिको अक्षयकोष राखिएको भन्नेसमेतमा प्रकाश पार्नुहुँदै २०७८ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हुनलाग्नुभएकी रोल्पाकी निशा रोका मगरको व्यक्तित्वमासमेत साहित्यकार जयन्ती स्पन्दनले प्रकाश पार्नुभएको थियो ।
साहित्य सन्ध्याको कार्यसमितिले प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन भएको र सोही समितिको सिफारिसबमोजिम आजको यो पुरस्कार तथा सम्मान अर्पण समारोहको आयोजना भएको हुँदा स्रष्टा चयन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद घिमिरेले स्रष्टा चयनका आधारका बारेमा प्रकाश पार्नुहुँदै आफ्ना सिर्जनामा कलाचेतना, जीवनचेतना र सौन्दर्यचेतनामा ध्यान दिएर देशैभरिमा साहित्यसिर्जना गरिरहेका स्रष्टाका बारेमा अध्ययन मूल्याङ्कन गरी, रोस्टर तयार पारी चारजनाको नाम सिफारिस गरिएको र दुईजना चाहिँ साहित्य सन्ध्याले वर्षभरिमा आयोजना गरेका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई आफ्ना सिर्जना वाचन गर्ने स्रष्टालाई दामासाहीले ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी गराउनुभयो ।
सम्मानित स्रष्टा रेखा सुवेदीको व्यक्त्त्वि तथा कृतित्वका बारेमा प्राज्ञ सुलोचना मानन्धरले, साहित्य सन्ध्या–कृबा सम्मान तथा पुरस्कार’द्वारा सम्मानित हुनुहुने नारायणप्रसाद भण्डारीको व्यक्तित्वको बारेमा गोपालकुमार मैनालीले र ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हुनुहुने डा.फणीन्द्रराज निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।
‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि रु.एक लाख राशिको अक्षयकोष स्थापना गरिदिनुहुने साहित्यकार पोषरमण चापागाईँले अक्षकोष स्थापना गर्नुको उद्देश्य भनेको आफ्ना पितृको सम्मान पनि हो र नियात्रा साहित्य भनेको राष्ट्र हो र जन्मेदेखि मृत्युपर्यन्त मान्छेले यात्रा गर्छ अनि अनुभूति लेख्छ । हो, त्यही साहित्यको जगेर्ना र उत्थानका निम्ति केही योगदान गर्नुपर्छ भनेर नै साहित्य सन्ध्यासँग सहकार्य गरेको धारणा राख्नुभएको थियो ।
पुरस्कार अर्पणतर्फ प्रवेश गर्दै वि.सं.२०३३ कार्तिक २३ गते शनिबार माता लीला सुवेदी र पिता पुष्पलाल सुवेदीकी सुपुत्रीका रूपमा मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं.१ नक्सलबारीमा जन्मिएकी रेखा सुवेदीले त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायबाट नेपालीमा स्नातकोत्तर गरी २०४९ सालमा ‘तिमी कैद छ्यौ’ शीर्षकको कविताका साथ नेपाली साहित्यमा प्रवेश गर्नुभई नेपाली साहित्यका कविता, लघु कथा, निबन्ध, समालोचना विधामा समर्पित भएर निरन्तर सिर्जनारत रहँदै एउटा कवितासङ्ग्रह नेपाली साहित्यमा भण्डारणसमेत गरी नेपाली प्रगतिवादी साहित्यमा निरन्तर योगदान गर्नुभएको; नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएको हुँदा रु.पन्द्र हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो । माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण भएको थियो ।
वि.सं.२०१२ मङ्सिर १२ गते माता जानुकादेवी परियार र पिता केशरबहादुर परियारका सुपुत्रका रूपमा इलाम नगरपालिका वडा नं.२ मालापथमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयममा स्नातकोत्तर गरी सिङ्गो जीवन प्राध्यापन तथा नेपाली साहित्यका कविता, नाटक लेखन, अभिनय, गीत लेखन, गायन एवम् सङ्गीतका क्षेत्रमा समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा उल्लेख्य योगदान गर्नुभएका; एक लाइने कविता अभियानका अभियन्ताका रूपमा स्थापित हुनुभएका; विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएका डम्बर पहाडीले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा रु.दुई हजार पाँच सय राशिसहित २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरियो । उहाँलाई माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण गरिएको थियो ।
माता लक्ष्मी अधिकारी र पिता बालकृष्ण अधिकारी ‘धनकुटे’की सुपुत्रीका रूपमा धनकुटा जिल्लाको चुनवाङमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको शिक्षा हासिल गरी समाजसेवाका अतिरिक्त नेपाली साहित्यका कविता, कथा, निबन्धलेखनका क्षेत्रमा निरन्तर समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा समेत क्रियाशील रहँदै विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएकी विन्दु अधिकारी ढकालले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा रु.दुई हजार पाँच सय राशिसहित २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरियो । उहाँलाई माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण गरियो ।
वि.सं.२००३ चैत्र १६ मा काठमाडौँको गोकर्णमा माता विष्णुकुमारी भण्डारी र पिता भोजनाथ भण्डारीका सुपुत्रका रूपमा जन्मिनुभएका नारायणप्रसाद भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्रसम्मको अध्ययन गरी साहित्य, कला र संस्कृतिको सम्बर्धनमा योगदान गर्नुभएको; विभिन्न विद्यालयका व्यवस्थापन समितिमा रहेर शैक्षिक विकासमा योगदान गर्नुभएको; वैचारिक सङ्गठनका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा छ दशकभन्दा लामो सिङ्गो जीवन समर्पण गरी नेतृत्वदायी भूमिकासमेत निर्वाह गरी समाजसेवाका क्षेत्रमा इमानदार, निष्ठावान् व्यक्तित्वका रूपमा आपूmलाई स्थापित गर्नसक्नुभएको हुँदा उहाँको यो अथकित सत्कर्ममय योगदानको उच्च सम्मान गर्दै २०७८ सालको रु.१०,०००।– (दश हजार) राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ अर्पण गरियो । उहाँलाई माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण भयो ।
वि.सं.२०६० असोज २८ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.५ मा माता बमकुमारी रोका मगर र पिता जीवनकुमार रोकाकी सुपुत्रीका रूपमा जन्मिएकी निशा रोका मगरले बाबुआमा भएर पनि परित्यक्त अवस्था व्यहोर्दै सङ्घर्षपूर्ण जीवननिर्वाहका साथ गोङ्गबु काठमाडौँको मनोहर मा.वि.बाट हालै कक्षा १२ को परीक्षा दिनुभएको; गायन, नृत्यका क्षेत्रमा सक्रियता देखाउँदै नेपाली साहित्यको कविता विधामा निरन्तर कलम चलाइरहनुभएको; कविता र वक्तृता प्रतियोगितामा सहभागिता जनाएर विभिन्न सङ्घसंस्थाबाट झण्डै आधा दर्जन पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको र आशावादी जीवनदृष्टिका साथै आफ्नो भविष्य निर्माणमा आफैँ सङ्घर्षरत रहनुभएको पाइएकाले उहाँको सक्रिय, आशावादी एवम् सङ्घर्षपूर्ण जीवनयात्रालाई थप प्रोत्साहित गर्दै सत्कर्मका माध्यमबाट असल नागरिक बन्नसक्नुहोस् भन्ने कामनाका साथ रु.१०,०००।–(दश हजार) राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरियो । उहाँलाई माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण गरियो ।
वि.सं.२०२१ वैशाख ९ गते माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको पूmलबारी गा.वि.स.वडा नं.२ मा जन्मिएका डा.फणीन्द्रराज निरौलाले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर र विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरी २०४६ सालदेखि हालसम्म अविच्छिन्न प्राध्यापन कर्ममा समर्पित रहनुभएको; माध्यमिकदेखि स्नातक तहसम्मका पाठ्यपुस्तक लेखन र लुम्बिनी बौद्ध विश्वविद्यालयको मानविकी सङ्कायको स्नातक तहको अनिवार्य नेपाली र ऐच्छिक नेपाली विषयको पाठ्यक्रम निर्माणमा योगदान गर्नुभएको; नेपाली साहित्यका कविता, निबन्ध, समालोचना, गीतलगायत विविध विधामा कलम चलाउनुका साथै नियात्रा विधाको प्राध्यापनका अतिरिक्त विभिन्न पत्रपत्रिकामा फुटकररूपमा अविच्छिन्न नियात्रा प्रकाशित गरी नेपाली नियात्रासाहित्यमा समेत उल्लेख्य योगदान गर्दै साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गर्नुभएको हुँदा रु.दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गरियो । उहाँलाई माल्यार्पण अध्यक्षबाट, दोसल्ला विशिष्ट अतिथिबाट, पुरस्कार राशि र सम्मानपत्र प्रमुख अतिथिबाट अर्पण भयो ।
सम्मानित व्यक्तित्व निशा रोका मगरले आपूmलाई गरिएको सम्मानका लागि हार्दिक आभार व्यक्त गर्दै अत्यन्त मार्मिक एवम् समारोहलाई नै भावुक बनाउने कवितावाचन गर्नुभयो । सम्मानित व्यक्तित्व रेखा सुवेदीले मोफसलमा आपूmले गरेका साना साना कामको मूल्याङ्कन पनि टाढैबाट गरिदिनुभई जनस्तरमा प्रतिष्ठा आर्जन गरेको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानको लायक ठानिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु र यो विशिष्ट समारोहमा अत्यन्तै आदरणीय र अग्रज व्यक्तित्व हुनुहुन्छ, त्यस्तै व्यक्तित्व निर्माणमा मलाई यो सम्मानले प्रेरणा प्रदान गर्ने छ भन्ने बोध भएको धारणा राख्नुभयो ।
सम्मानित व्यक्तित्व नारायणप्रसाद भण्डारीले बार वर्षको उमेरमै टङ्कप्रसाद आचार्यको चुनाव प्रचारमा गएको र परिवर्तनका पक्षमा गीत गाउँदै प्रचारप्रसार गरेको प्रेरणाले आपूmलाई जीवनपर्यन्त सामाजिक रूपान्तरणमा सक्रिय राख्नसकेको हो तर यसरी आपूmले गरेको कर्म पनि तपाईँहरूको मूल्याङ्कनको विषय बन्ला र सम्मानित भइएला भन्ने सोचेको थिइनँ तर आजको यो सम्मानले मलाई थप ऊर्जा प्राप्त भएको छ । साहित्य सन्ध्याको यो सत्कर्मलाई कुनै न कुनै रूपमा सघाउन म पनि तयार रहेको छु भन्ने धारणा राख्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व डा.फणीन्द्रराज निरौलाले साहित्य सन्ध्या आफैँमा इतिहास बोकेको र रूपान्तरणको अभियान सञ्चालन गरिरहेको संस्था हो, यो एक प्रकारको कार्यशाला पनि हो । जनस्तरमा स्थापित पवित्र संस्थाले यसरी सम्झनु खुसीको कुरा हो । साथै माननीय कुलपति र म एउटै ठाउँका वासिन्दा पनि हौँ, उहाँ मेरा वैचारिक गुरुसमेत हुनुहुन्छ र आज मैले उहाँकै हातबाट सम्मानित हुने अवसर पाउनु थप खुसीको विषय हो । साहित्य सन्ध्या सदैव क्रियाशील छ तर यसको आफ्नो घर कार्यालय नभएकाले त्यसका निमित्त पहल गरौँ । त्यस्तो पहल हुने हो भने आज मैले पाएको पुरस्कार रकमको तीन गुणा सहयोग गर्न म पनि तयार छु भन्नुभयो ।
विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले आजको यो विशिष्ट र सभ्य समारोहमा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिदिनुभयो । म पन्चानब्बे वर्ष लागँे, मुलुकको धेरै खाइयो तर मुलुकका लागि अपेक्षाअनुसार गर्न सकिएन, मुलुकलाई तिर्न सकिएन भन्ने लागेको छ । तपाईँहरूको माया, ममता नै अमूल्य सम्पत्ति हो, अक्षरमा शक्ति हुन्छ र लेखेरै लेखक अमर हुन्छ । यो मान्यतालाई तपाईँ स्रष्टाहरूले आत्मसात गर्नुहोस् र देशका पक्षमा लेख्नुहोस् भन्ने मेरो आग्रह छ । साहित्य सन्ध्या पुरस्कारको राशि पनि बढाउनुपर्छ, यसलाई कम्तीमा पच्चिस हजार पुर्याउन सोचियोस् भन्ने आग्रह गर्नुभयो र आज सम्मानित सबैलाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।
प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्याको आजको यो विशेष समारोह आयोजना गर्नका लागि स्रष्टा चयन गरिदिने सिफारिस समिति धन्यबादको पात्र छ । सम्मान प्राप्त गर्नेहरू बधाईका पात्र हुनुहुन्छ । साहित्य सन्ध्या पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने नर्मदेश्वरी सत्याल, डा.मदनप्रसाद सत्याल र पोषरमण चापागाईँ धन्यवादका पात्र हुनुहुन्छ । हिजोको निरङ्कुश कालमा साहित्य सन्ध्या आफैँ प्रतिबन्धित संस्था हो तर आज हामी खुलारूपमा यति भव्य समारोह सम्पन्न गरिरहेका छौँ । यो सबै परिवर्तनको उपज हो । सन्ध्याको अन्तर्यअनुसार नै सहयात्रा गर्न भनी अक्षयकोष स्थापना गर्ने व्यक्तित्वहरूको सत्कर्म अनुकरणीय छ । पूर्वको बेलबारीमा रहेर सिर्जना, सामाजिक सेवा र रूपान्तरणको अभियानमा कर्मठ रहेकी स्रष्टा रेखा सुवेदी आज सम्मानित हुनुभएको छ । बार वर्षको कलिलो उमेरदेखि नै एउटा रूपान्तरणप्रेमी विचारबाट प्रभावित भई सिङ्गो जीवन समर्पण गर्नुहुने नारायणप्रसाद भण्डारी सम्मानित हुनुभएको छ । साहित्य सन्ध्या आफैँमा रूपान्तरणको अभियान हो । मान्छेको जीवन पनि आस्था हो र सङ्कल्प पनि हो । यो यात्रामा कठिनतम् अवस्था भोगेर पनि समुन्नत जीवननिर्माणमा लागिरहनुभएकी रोल्पाकी निशा रोका मगरलाई साहित्य सन्ध्याले सम्मान गरेको छ । यो सत्कर्म ज्यादै स्तुत्य छ । तमोरको पानी र कञ्चनजङ्घाको हावा खाएका डा.फणीन्द्रराज निरौला रूपान्तरण अभियानका अभियन्ता हुनुहुन्छ, विचार र व्यवहारमा समेत तालमेल गर्ने उहाँ कुशल स्रष्टा हुनुहुन्छ । त्यसैगरी साहित्य सन्ध्याले आयोजना गरेका मासिक गोष्ठीमा बारमध्ये दशओटामा उपस्थित भएर सिर्जना वाचन गर्ने डम्बर पहाडी र विन्दु अधिकारी ढकाल सम्मानित हुनुभएको छ । अर्थात् सबै योग्य व्यक्ति आज सम्मानित हुनुभएको छ । साहित्य सन्ध्याका अध्यक्ष राम विनयसँग २०२५ सालमा झापाको शनिश्चरेमा आयोजित ‘मेची अञ्चलस्तरीय साहित्य सम्मेलन’मा भेट भएको हो र हामी निरन्तर एउटै अभियानमा रह्यौँ । भाषिक र वैचारिक आन्दोलनको रूपमा २०३३/३४ सालमा राजविराजमा हामीले साहित्य सन्ध्या सञ्चालन गरेका थियौँ । यो साहित्य सन्ध्या २०३९ सालदेखि काठमाडौँमा सञ्चालन भएपछि यसले २०६४ सालमा साठी वर्ष पुगेका स्रष्टालाई सम्मान गर्दा म पनि बुढो पो भएँछु कि भन्ने लागेको थियो तर त्यसलगत्तै म प्रज्ञाप्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी बहन गर्दै अहिले यो जिम्मेवारीमा छु । सन्ध्या अविच्छिन्न र अविचलितरूपमा अगाडि बढिरहेको छ र राम विनयको नेतृत्व पनि यसले पाइरहेको छ । साहित्य सन्ध्याले समाजको गतिलाई अगाडि बढाउने र रूपान्तरणमा गरेको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने छ । सन्ध्याको आफ्नो कार्यालय व्यवस्थापन गर्ने अभियानको नेतृत्व गर्नुहोस्, यसको छवि राम्रो छ, यहाँ दुरुपयोग हुन्न भन्ने विश्वासले नै सहयोग जुट्छ र म पनि त्यो अभियानमा देखिनेगरी सामेल हुन्छु भन्ने धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा हामीले छजना स्रष्टालाई २०७८ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मान गर्यौँ । प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिजयूहरू, अतिथिज्यूहरू, सहभागी आदरणीय साहित्यानुरागीहरू उपस्थित भइदिनुभयो, म सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । यस्तै विशेष समारोह भने विशेष स्थानमा गर्ने गरेका छौँ । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हामी यसैगरी हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार हुने सन्ध्याको विशेष समारोहमा उपस्थितिका लागि अनुरोध गर्ने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।