साहित्यकार खेमराज निरौलाद्वारा लिखित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न

असार २८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा साहित्यकार खेमराज निरौलाद्वारा लिखित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न गरियो । प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१००’मा सशक्त प्रगतिवादी कवि भवानी पाण्डेका एक दर्जन कविता सुनिए

असार १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी काभ्रेकी सशक्त प्रगतिवादी स्रष्टा भवानी पाण्डेका एक दर्जन कविता […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४६४ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’का विषयमा विशद परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८२ असार ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य डा.भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.हेमनाथ पौडेल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९९’मा अग्रज एवम् सशक्त प्रगतिवादी कवि डा.विदुर चालिसेका एक दर्जन कविता गुञ्जिए

जेठ १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९९ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व, साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा प्रा.डा.विदुर चालिसे […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४६३ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा परिचर्चा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८२ जेठ ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६३ औँ शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको […]

पुरा पढ्नुहोस्