‘राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको वर्तमानका प्रति विरोध गर्दै रत्नपार्कमा सडक कविता वाचनको विशेष समारोह आयोजना गरियो

वैशाख २० गते शनिबार अपराह्न ठिक ३.३० बजे रत्नपार्कको सडकपेटीमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा वर्तमानमा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको प्रति विरोध जनाउँदै सडक कविता वाचन गर्ने विशेष समारोहको आयोजना गरियो ।सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९८’मा अग्रज एवम् सशक्त प्रगतिवादी कवि रामप्रसाद ज्ञवालीका एक दर्जन कविता गुञ्जिए

वैशाख १३ गते शनिबार अपराह्न ठिक १ बजे पाठशाला नेपालको सभाकक्ष थापागाउँ नयाँबानेश्वरमा आयोजित भव्य समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका कुशल अभियन्तासमेत रहेका अग्रज एवम् सशक्त प्रगतिवादी […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४६२ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘अराजकता र त्यसको समाधान’ विषयक परिचर्चाका साथ शुभकामना विशेष कविगोष्ठी सम्पन्न

२०८२ वैशाख ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६२ औँ शृङ्खलामा ‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा परिचर्चा गरियो र शुभकामना कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.केशव सुवेदी उपस्थित हुनुहुन्थ्यो […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९७’मा सशक्त प्रगतिवादी कवि रक्तिम लामाका एक दर्जन कविता गुञ्जिए

चैत्र ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९७ औँ शृङ्खलामा साहित्य सिर्जना, राजनैतिक सङ्घसङ्गठन एवम् शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काभ्रेका सशक्त प्रगतिवादी स्रष्टा रक्तिम लामाका एक दर्जन कविता गुञ्जिए ।राष्ट्रिय जनसांस्कृतिक […]

पुरा पढ्नुहोस्