साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ पुस ६ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरियो; सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण तथा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–९४’मा सशक्त प्रगतिवादी कवि प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए

मङ्सिर ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९४ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए ।कवि डा.गोविन्दप्रसाद आचार्यको […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४५७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ मङ्सिर १ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर.क्याम्पसमा साहित्य सन्ध्याको नियमित मासिक ४५७ औँ शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा माक्र्सवादी चिन्तक एवम् खरो समालोचक निनु चापागाईँ प्रमुख अतिथि हुनुहुन्थ्यो […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४५६ औँ नियमित मासिक शृङ्खला ‘नेपालमा प्रचलित चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयक परिचर्चाका साथ शुभकामना कविगोष्ठीसहित सम्पन्न

२०८१ कार्तिक ३ गते शनिबार अपराह्न ३ बजे जुमका माध्यमबाट देशैभरि र विदेशका स्रष्टालाई जोडी सम्पन्न गरिएको साहित्य सन्ध्याको नियमित मासिक ४५६ औँ शृङ्खलामा ‘नेपालमा प्रचलित चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयमा परिचर्चाका साथ शुभकामना कविगोष्ठी सम्पन्न गरियो । दसैँतिहार बिदाका कारण साहित्य सन्ध्याले आफ्ना नियमित मासिक शृङ्खला सम्पन्न गर्ने क्याम्पस बन्द रहने भएकाले नियमितता पनि […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४ सय ५६ औँ शृङ्खला शुभकामना आदानप्रदान गर्दै सम्पन्न

काठमाडाैं, २०८१ कार्तिक ३ । शनिबार । साहित्य सन्ध्या नेपालको नियमित कार्यक्रमको ४ सय ५६ औ शृङ्खला शुभकामना आदानप्रदान कवि गोष्ठी तथा नेपालमा प्रचलित चाडपर्व र रुपान्तरणको प्रश्नको बारेमा चर्चा गरि सम्पन्न भयो। प्रविधि मैत्री (भर्चुअल) माध्यमबाट भएको कवि गोष्ठीमा प्रेम ओझा (पाँचथरबाट),डम्बर पहाडी (इलामबाट ), दीपेन्द्र अधिकारी (जापानबाट) जोडिनु भएको थियो। कार्यक्रममा जेष्ठ नागरिक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’ विषयक चर्चा, ‘पुनर्जन्म’ संस्मरणसङ्ग्रहको परिचर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत एकचालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५५औँ शृङ्खला असोज ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’ विषयमा विशद चर्चा, ‘पुनर्जन्म’ संस्मरणसङ्ग्रहमाथि परिचर्चासहित […]

पुरा पढ्नुहोस्