२०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गरिने

साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ भदौ १२ गते शुक्रवार साँझ बसेको बैठकले २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गर्ने निर्णय गरियो ः २४ सेप्टेम्बर १९४८ मा सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल […]

पुरा पढ्नुहोस्

पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८२ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण

विगत चवालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४७९ औँ विशेष शृङ्खला भदौ ६ गते शनिबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस बागबजारको डेनिस हलमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८२ सालका […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१११’ मा कुशल स्रष्टा एवम् सशक्त प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’का एक दर्जन कविता गुञ्जिए

साउन ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १११ औँ शृङ्खलामा अत्यन्त कुशल एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा सशक्त प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’का एक दर्जन सुन्दर, सशक्त, वैचारिक कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७८ औँ नियमित मासिक शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गरिनुका साथै ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो

२०८३ साउन २ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४७८ औँ विशेष शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गरिनुका साथै साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष […]

पुरा पढ्नुहोस्