अविरल जनसाहित्य यात्रा–१०७’मा सशक्त प्रगतिवादी कवि नारायण निरासीका एक दर्जन कविता गुञ्जिए

प्रारम्भ ःचैत्र १४ गते शनिबार अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासीका एक दर्जन कविता गुञ्जिए […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७४ औँ नियमित मासिक शृङ्खलामा ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो

२०८२ चैत्र ७ गते शनिबार अपराह्न १ बजे प्रकृतिको प्रतिकूलताका कारण गुगल मिटका माध्यमबाट प्रविधिमैत्री माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खलामा ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा प्रा.श्रीराम […]

पुरा पढ्नुहोस्

साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेका चारओटा कृति र हुमकला पाण्डेद्वारा लामिछानेकै बारेमा लेखिएको एक गरी पाँच कृतिको लोकार्पण तथा परिचर्चा

विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित पाँचैओटा कृतिको लोकार्पण तथा परिचर्चा विशेष समारोहको सभापतित्व विद्यार्थी पुस्तक भण्डारकै प्रबन्ध सञ्चालक शान्त गौतमले गर्नुभएको थियो भने समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’, विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरीको उपस्थिति रहेको थियो । डा.हरिप्रसाद सिलवालको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.लेखप्रसाद निरौला, निवर्तमान अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७३ औँ नियमित मासिक शृङ्खलामा ‘प्रगतिवाद र नारीवाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगाष्ठीको आयोजना गरियो

२०८२ फागुन २ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खलामा ‘प्रगतिवाद र नारीवाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा समालोचक डा.विन्दु शर्मा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खलामा ‘जेनजी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयक परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरियो

२०८२ माघ ३ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न भएको साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खलामा ‘जेन्जी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयमा परिचर्चाका साथ कविगोष्ठी गरिएको छ । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा विश्लेषक प्रा.डा.सुरेन्द्र के.सी. प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो […]

पुरा पढ्नुहोस्