राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३९ औँ स्थापना दिवस भव्यताका साथ मनाइयो

वि.सं.२०४४ पुस १९ मा डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले आफ्नो यात्राका ३८ वर्ष पूरा गरेर पुस १९ गते शनिबार सात घटकसहितको ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस महासङ्घकै सभाकक्ष बागबजारमा भव्य रूपमा मनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा संस्थापक महासचिव एवम् नेकपा एमाले […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१०५’मा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन कविता गुञ्जिए

पुस १२ गते शनिबार अपराह्न ठिक १ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०५ औँ शृङ्खलामा अत्यन्त कुशल र सफल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन सुन्दर र सशक्त कविता गुञ्जिए ।राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७१ औँ नियमित मासिक शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो

२०८२ पुस ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७१ औँ शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.रमेशप्रसाद भट्टराई उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा डा.प्रतिभा […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१०४’मा सशक्त प्रगतिवादी कवि गौरी प्रधानका एक दर्जन कविता सुनिए

मङ्सिर १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व, मानवअधिकार, बालअधिकार तथा सामाजिक रूपान्तरण अभियान आदि विभिन्न क्षेत्रमा अत्यन्त सक्रियताका साथ क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोक सशक्त […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा गरिनुका साथै विशेष कविगोष्ठी गरियो

२०८२ मङ्सिर ६ गते शनिबार अपराह्न १ बजे गुगलमिटका माध्यमबाट आयोजना गरिएको विशेष समारोहमा साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला सम्पन्न गरियो र उक्त शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा गर्नुको साथै विशेष कविगोष्ठी’को आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश […]

पुरा पढ्नुहोस्

‘अविरल जनसाहित्य यात्रा–१०३’मा सशक्त प्रगतिवादी कवि भवानी खतिवडाका एक दर्जन कविता सुनिए

कार्तिक १५ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी उदयपुरकी सशक्त प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता सुनिए […]

पुरा पढ्नुहोस्