२०८२ चैत्र २८ गते शनिबार कौटिल्य ग्लोबल स्कुल, सुविधानगर, तीनकुने, काठमाडौँमा आयोजित विशेष समारोहमा ‘पुष्पपराग साहित्य प्रतिष्ठान’ भक्तपुरको दशौँ वार्षिक उत्सव विशेष समारोहमा विभिन्न तेरजना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो र तीनजना स्रष्टालाई आजीवन सदस्यता प्रमाणपत्र समर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष टी.एन. भट्ट ‘विश्वामित्र’को सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा.विष्णुविभु घिमिरे हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.यज्ञेश्वर निरौला र बागमती प्रदेशकी माननीय सुना परियार उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा वरिष्ठ साहित्यकार कलानिधि दाहाल, पुरस्कार संस्थापक लक्ष्मी अधिकारी, कविराज घिमिरे, लालबहादुर भुजेल, नारायण काफ्ले, लता के.सी., यमुना पराजुली, राधा दुलाल कार्की, दुर्गा तिवारी, डा.युवराज मैनाली, रवीन्द्र आशिष शैली, भावकेशर पराजुली, चन्द्रप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको उक्त विशेष समारोहमा राष्ट्रगान गाएर कार्यक्रमको थालनी गरिएको थियो । समारोहमा उपस्थित आदरणीय व्यक्तित्वलाई प्रतिष्ठानकी सदस्य राधिका पन्तले स्वागत गर्नुभएको थियो । पदम दाहालको संयोजकत्वमा चेवनचन्द्र बस्नेत र रचना दाहाल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र सोही समितिको सिफारिसका आधारमा तेरजना स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पणका लागि यो विशेष समारोहको आयोजना गरिएको जानकारी गराइएको थियो भने समितिका संयोजक पदम दाहालले पुरस्कृत तथा सम्मानित हुनुहुने तेरजना स्रष्टाको चयनका आधारका बारेमा जानकारी दिनुहुँदै उहाँहरूको व्यक्तित्व तथा कृतित्वसमेतका बारेमा सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो ।
प्रतिष्ठानले स्थापना गरेको रु.१०,०००।– राशिको ‘पुष्पपराग वर्ष सम्मान २०८२’द्वारा वि.सं.२०११ वैशाख १ ग्ते तारकेश्वर, काठमाडौँमा जन्मिुनुभएका र ५० भन्दा बढी कृति प्रकाशित गराइसक्नुभएका हरिभक्त सिग्देललाई समर्पण गरिएको थियो । टी.एन.भट्टद्वारा स्थापना गरिएको रु.१०,०००।– राशिको ‘पुष्पपराग–नीलगङ्गा भाषा साहित्य पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०२४ कार्तिक २८ मा सिन्धुपाल्चोकमा जन्मिमएर भाषासाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित गराइसकेका महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई समर्पण गरिएको थियो । प्रेमकुमार राई परिक्षितद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०१२ असार २७ गते सङ्खुवासभामा जन्मिएका गायक, वाध्यवादक, लोकबाजासम्बन्धी एल्बम नै निकालेका अर्जुन चइनपुरेलाई समर्पण गरिएको थियो । चेवनचनद्र बस्नेतद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–चेवनचन्द्र बस्नेत कविता पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०३३ वैशाख ७ मा दोलखामा जन्मिएर कविता, हाइकु, गीत, आख्यानको सिर्जना एवम् प्रकाशनका साथै गीति एल्बममसमेत प्रकाशित गरिसकेका भुवन सिवाकोटी ‘चौघरे’लाई समर्पण गरिएको थियो ।
प्रजापति तिमिल्सिनाद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–पद्मावती गीत, सङ्गीत पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०१७ चैत्र १६ मा भक्तपुरमा जन्मिएर गीति एल्बम, गजल तथा मुक्तकसङ्ग्रह प्रकाशित गराएका सुवासचन्द्र ढुङ्गेललाई समर्पण गरिएको थियो । मनिषकुमार शर्माद्वारा स्थापित रु.२५,०००।– राशिको ‘पुष्पपराग–आख्यान स्मृति पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०१८ असोज १९ मा नेपालगन्जमा जन्मिएर कविता, मुक्तक, कथासङ्ग्रह प्रकाशित गराइसकेका किरण पौडेल आचार्यलाई समर्पण गरिएको थियो । ढुण्डीराज पोखरेलद्वारा स्थापित रु.१०,०००।– राशिको पुष्पपराग–बालकुमार छन्द कविता पुरस्कार तथा सम्मान २०८२’ द्वारा खोटाङकी विद्या अनामिका तिवारीलाई वाचित कवितामध्येबाट सम्मानित गरिएको थियो । इन्दिरा चापागाईँद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–मेखमाया खगेन्द्र स्मृति पुरस्कार तथा सम्मान (आख्यान) २०८२’ द्वारा वि.सं.२०१३ साउन १ मा भक्तपुरमा जन्मिएर कथा, कविता, नाटक, अनुसन्धानमा क्रियाशील स्रष्टा राममणि ढुङ्गेललाई समर्पण गरिएको थियो ।
सुना परियारद्वारा छोरीको स्मृतिमा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–सफलता स्मृति पुरस्कार (महिला) २०८२’ द्वारा वि.सं.२०१० जेठ १० मा खोटाङमा जन्मिएर बालसाहित्यका आठओटा कृति प्रकाशित गराइसकेकी निर्मला बराललाई समर्पण गरिएको थियो । प्रतिष्ठान आफैँले स्थापना गरेको ‘पुष्पपराग भाषा साहित्य मानार्थ सम्मान २०८२’ द्वारा भोजपुरमा जन्मिएर भाषा र साहित्यका लेखन तथा सम्पादन गरी ९३ भन्दा बढी कृति प्रकाशित गराइसकेका हरिमञ्जुश्रीलाई सम्मानित गरिएको थियो । प्रतिष्ठानले नै स्थापना गरेको ‘पुष्पपराग नियमित कवितावाचन साहित्य सम्मान २०८२’ द्वारा वि.सं.२०३१ पुस १४ मा आछाममा जन्मिएका एम.पी.पाण्डेलाई सम्मानित गरिएको थियो । भुवन तथा सुनिता सिवाकोटीद्वारा स्थापित रु.५,०००।– राशिको ‘पुष्पपराग–कृष्णलाल–गोपिनी सिवाकोटी स्मृति बहुप्रतिभा पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०२५ वैशाख ३० मा खोटाङमा जन्मिएर कविता, गीत, गजल, नाटक, गीति एल्बम प्रकाशित गराइसकेका प्रेमकुमार राई परिक्षित’लाई सम्मानित गरिएको थियो । विन्दु अधिकारी ढकालद्वारा स्थापित रु.१०,५००।– राशिको ‘पुष्पपराग–अक्सिजन कवि बालकृष्ण लक्ष्मी अधिकारी धनकुटे पुरस्कार तथा सम्मान २०८२’ द्वारा वि.सं.२०१८ वैशाख १५ मा ओखलढुङ्गा जिल्लाको माम्खामा जन्मिएर कविता, निबन्ध, समालोचना लेखन, साहित्यिक पत्रिका सम्पादन, साहित्यिक संस्था सञ्चालनका क्षेत्रमा क्रियाशील रमेश पोखरेललाई सम्मानित गरिएको थियो । प्रतिष्ठानकै तर्फबाट ‘पुष्पपराग विशेष सम्मान २०८२’ वि.सं.२०४२ सालमा पर्वतमा जन्मिएका गुणग्राही व्यक्तित्व नारायण काफ्लेलाई सम्मानित गरिएको थियो ।
उल्लिखित सबै पुरस्कार तथा सम्मान प्रमुख अतिथि, सभाध्यक्ष तथा पुरस्कार रकम संंस्थापकले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.यज्ञेश्वर निरौलाले वि.सं.२०७३ सालदेखि अनवरत रूपमा त्रियाशील प्रतिष्ठान यो दश वर्षको अवधिमा सवा दर्जन पुरस्कार तथा सम्मान अर्पण गर्न सक्षम भएको छ । आज सम्मानित स्रष्टाको सिर्जनात्मक क्षमता अनवरत रहिरहोस्, यहाँहरूले भाषा साहित्यमा पुर्याउनुभएको योगदान अविस्मरणीय छ, हुने छ, त्यसैले सबैलाई हार्दिक बधाइ दिन्छु भन्नुभयो । सम्मानित व्यक्तित्वहरूका तर्फबाट हरिभक्त सिग्देलले साहित्यका विभिन्न विधाहरूका अलावा सङ्गीत, गायन, वाध्यवादनका क्षेत्रका स्रष्टाहरू आज पुरस्कृत तथा सम्मानित भएका छौँ । यो सम्मानमा मुलुकलाई नै समेटिएको देखियो । आजको पुरस्कार तथा सम्मानले हामी स्रष्टालाई ऊर्जा थपेको छ, दायित्वबोध भएको छ, कर्तव्यपथमा लागिरहने प्रेरणा प्राप्त भएको छ भन्ने धारणा राख्नुभयो । सम्मानित स्रष्टा निर्मला बरालले पनि आफ्नो सिर्जनायात्रामा निरन्तर लागिरहेकी आपूmलाई कतै टाढाबाट मूल्याङ्कन गरी सम्मानित गरिदिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
विशिष्ट अतिथि सुना परियारले आपूले यो प्रतिष्ठानको सहकार्यमा दिवङ्गत छोरीको समझनामा पुरस्कार स्थापना गरेको, छोरीको वार्षिक तिथि पनि आजै परेको छ । चोटले म आपूmलाई पनि स्रष्टा बनाएको अनि कम्तमिा पनि स्रष्टालाई प्रोत्साहन गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको हो । यस्तो क्रियाशलि स.सथालाई सरकारका तर्फबाट पनि कुनै न कुनै प्रकारको सहयोग हुनुपर्दछ भन्ने मान्यताका साथ आपूmले पहल गरिरहेको धारणा राख्नुभयो ।
प्रमुख अतिथि डा.विष्णुविभु घिमिरेले स्रष्टालाई जीवन्त राख्ने मात्र होइन ऊर्जा पनि प्रदान गर्ने काम प्रतिष्ठानको आजको यो विशेष समारोहले गरेको छ । एकैपटक यति धेरै पुरस्कार दिने उदाहरणीय काम यो संस्थाले गरेको छ । स्रष्टालाई हौसला प्रदान गर्ने र यतिका पुरस्कारको व्यवस्थाको आँट अनि पुरस्कार संस्थापकको विश्वास प्राप्त गर्नु यो प्रतिष्ठानको उदाहरणीय कर्म हो । आज पुरस्कार तथा सम्मान प्राप्त गर्नुहुने पन्द्रजनालाई थप गुरुत्वपूर्ण सिर्जनाको दायित्व थप भएको छ । साहित्यिक संस्थाहरू यसरी क्रियाशील हुने गौरवको कुरा हो । साहित्यको सेवा गरेवापत स्रष्टाले तत्काल केही पाउने होइन तथापि निरन्तरको साधनामा स्रष्टा लागिरहेको हुन्छ । स्रष्टाको सिर्जना भनेको आमाले जन्माएको बच्चाजस्तै हो । स्रष्टाको आफ्नो मौलिकता हुन्छ, हुनुपर्छ र केका लागि लेख्ने ? कसरी लेख्ने भन्ने कुरा नै स्रष्टाका लागि प्रमुख कुरा हुन्छ । नेपाली साहित्यमा मोहन कोइराला, बैरागी काइँलाले लेख्नुभएको क्लिष्ट लेखन र गोपालप्रसाद रिमाल, भूपि शेरचन, हरिभक्त कटुवालले सिर्जनामा सरलताको आग्रहका साथ लेख्नुभएको अर्काे धारका माध्यमबाट आफ्नो पहिचान स्थापित गरेको पाइन्छ । आजको यो विशेष समारोह र सम्मानले तपाईँ सबै स्रष्टाको निरन्तरको सिर्जनायात्रामा पहिचान निर्माणसमेतको दायित्व थप गरेको बोध यहाँहरूले गर्नुहुने छ भन्ने विश्वासका साथै सबै सबेलाई हार्दिक बधाइ दिन्छु भन्नुभयो ।
समारोहमा विद्या अनामिका तिवारीले छन्दकविता वाचन गर्नुभएको थियो भने सभाध्यक्ष टी.एन.भट्टले अहिलेको समयमा साहित्यिक संस्थामा अस्तित्व जोगाउने समस्या देखिएको छ । आज सम्मानित हुनुहुने स्रष्टाहरूलाई हार्दिक बधाइ छ । स्रष्टा चयन समितिले मिहिनेतपूर्वक यति धेरैजना स्रष्टाको चयन गरिदिनुभएको छ । साहित्यकारले पनि आफ्ना सिर्जानात्मक कर्मका माध्यमबाट अन्ततः देशकै सेवा गरिरहेको हुन्छ र सँगसँगै सिर्जनाले नै स्रष्टालाई चिनाइरहेको हुन्छ । गुणग्राही दाता जुटाउने, योग्य स्रष्टा चयन गर्ने, पुरस्कारको राशि व्यवस्थापनजस्ता पाटाहरू महत्त्वपूर्ण र जम्मिेवारीयुक्त हुन्छन् । साहित्य सिर्जना पुण्यको काम पनि हो । आजैको यो विशेष समारोहमा अर्काे वर्षदेखि कार्यान्वयन हुनेगरी रु.१०,०००।– राशिको ‘पुष्पपराग–केदारनाथ–भारतीदेवी पुरस्कार तथा सम्मान’को स्थापना रवीन्द्र आशिष शैलीले गर्ने घोषणा गर्नुभएकोमा उहाँलाई पनि म हार्दिक धन्यवाद दिन्छु; हाम्रो निमन्त्रणा स्वीकार गरी आजको यो विशेष समारोहमा उपस्थित भइदिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वलाई पनि हार्दिक धन्यवाद दिन्छु भन्नुभयो र समारोहको समापन गर्नुभयो ।
.........................
( रमेश पोखरेल )

Leave a Reply